स्कूल बसमा लागूऔषध र नक्कली नोट लुकाउने बस चालक पक्राउ

 

साउन १०, कपिलबस्तु । शुक्रबार बिहान प्रहरीले स्कुल बसको टुलबक्समा लुकाइ राखेको लागूऔषध र नक्कली नोट सहित बस चालकलाई पक्राउ गरेको छ । 

 बरकुल बस्ने बस चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई लागूऔषध र नक्कली नोट सहित प्रहरीले पक्राउ गरेकाे हो । 

null

प्रहरीका अनुसार चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्लिश बोर्डिङ स्कूलको बसलाई मायादेवी गाउँपालिका–४ चाकरचौडास्थित पिपरामा चेकजाँच गर्ने क्रममा लागूऔषध र नक्कली नोट सहित कसौधनलाई पक्राउ गरिएकाे हाे । 

प्रहरीका अनुसार पक्राउ परेका उनको साथबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने नम्बर एउटै भएको नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार रुपैँया बरामद गरिएको छ । 

हाल उनलाई कारवाहीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *