अनियन्त्रित भई विमान दुर्घटना हुँदा १० काे मृत्यु (भिडियाे सहित)

 

असार १६, अमेरिका ।  अमेरिकाको टेक्सासमा एउटा सानो विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा १० जनाको मृत्यु भएको छ । विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर विमानस्थलकै ह्यांगरमा प्रवेश गर्यो । त्यसपछि विमानमा आगो लाग्यो । 

null

 एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भयो । 

‘आगो लागेपछि ठूलो दुर्घटना भयो’ 

फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो । एजेन्सी 

भिडियाे हेर्नुहाेस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *