भाजपा विधायकमाथि बलात्कारको आरोप लगाउने महिला घाइते, २ आफन्तको मृत्यु, वकिलको अवस्था गम्भीर

 

उत्तर प्रदेशको रायबरेलीमा भएको एक दुर्घटना हुँदा उन्नाव बलात्कार प्रकरणकी पीडित महिला गम्भीर घाइते भएकी छिन् । दुर्घटनामा उनको आफन्तसहित दुई जनाको मृत्यु भएको छ भने वकिलको अवस्था गम्भीर छ । 

यद्यपी अहिलेसम्म दुर्घटनाबारे कुनै मुद्दा दर्ता गरिएको छैन । गम्भीर घाइते पीडित र उनका वकिलको उपचार किंग जार्ज मेडिकल कलेजमा चलिरहेको छ । 

null

यता दुर्घटनाबारे कांग्रेस नेता प्रियंका गान्धीले ट्वीट गर्दै सवाल पुछेकी छिन् । ‘उनले लेखेकी छिन्, ‘बलात्कार पीडितको साथ यस्तो घटना हुनु आश्चर्यजनक छ । यस केसमा चलिरहेको सीबीआई जाँच कहाँ सम्म पुग्यो ? आरोपी विधायक अहिलेसम्म बीजेपीमा किन छन् ?’ 

त्यस्तै उत्तर प्रदेश पुलिस महानिर्देशक ओपी सिंहले मिडियासँग भने, ‘हामी यस घटनाको निष्पक्ष छानविन गरिरहेका छौँ । प्रारम्भिक अनुसन्धानबाट यो दुर्घटना ओभर स्पिीडका कारण ट्रकसँग ठोक्किएर भएको देखिन्छ । ट्रक चालक र मालिक दुवैलाई नियन्त्रणमा लिइएको छ । यदी परिवार चाहन्छन् भने यो घटनाको अनुसन्धान सीबीआईलाई नै सुम्पिन्छौँ ।’ 

उन्नाव प्रहरीका अनुसार उक्त दुर्घटना रायबरेलीको गुरबख्शगञ्ज थाना क्षेत्रमा भएको हो । दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । एक जना पीडितकी काकी हुन् भने अर्की एक जना काकीकी बहिनी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *