पाकिस्तानले खोल्यो बन्द एयर स्पेस, भारतलाई मिल्यो राहत

 

असार ३१, काठमाडौं । पाकिस्तानका नागरिक उड्डयन प्राधिकरण (सीएस) बालाकोट हमलापछि बन्द गरिएको एयर स्पेस खोल्ने घोषणा गरिएको छ । 

मंगलबार बिहान आफ्नो आधिकारिक वेबसाइटमा प्राधिकरणले यसलाई तत्काल खोल्ने बताएको छ । 

null

बितेको १४ फ्रेबुअरीमा पुलवामा हमला भएपश्चात् भारतले आफ्नो जवाफी कारवाहीमा २८ फ्रेबुअरीमा पाकिस्तानको बालाकोटमा हमला गरेको थियो । त्यसपछि पाकिस्तानले एयर स्पेस बन्द गरिदिएको थियो । 

पाकिस्तानको यो फैसलाले समस्यामा फसेको भारतको सरकारी विमान कम्पनी एयर इण्डियालाई राहत मिल्नेछ । पाकिस्तान एयर स्पेस बन्द भएको समयमा इण्डिया अन्तर्राष्ट्रिय उडानका लागि अन्य रुट उपयोग गर्नुपरेको थियो, जसबाट करोडौँ घाटा झेल्नु परेको थियो । 

पाकिस्तानका नागरिक उड्डयन प्राधिकरणले एयरमैन (NOTAM) को भारतीय समय अनुसार लगभग १२.४१ मा नोटिस जारी गर्यो, जसमा भनिएको छ, ‘तत्काल पाकिस्तानका हवाई क्षेत्र सबै प्रकारका नागरिक उडानका लागि खोलिदिइएको छ ।’ 

पाकिस्तानको एयरस्पेस भएपछि भारतीय विमान कम्पनीले हरेकदिन करोडौँ रुपैयाँको घाटा उठाउनु पथ्र्यो, विशेषगरी एयर इण्डियाले । 

राज्यसभामा ३ जुलाईमा नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले एक आँकडा पेश गरेका थिए, जसमा एयर इण्डियाको २ जुलाईसम्म ४९१ करोड रुपैयाँ नोक्सान भएको थियो । 

त्यस्तै नीजि एयरलाइन्स कम्पनी स्पाइसजेटको ३०.७३ करोड, इण्डियाको २५.१ करोड र गो एयरको २.१ करोड रुपैयाँ नोक्सान भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *