इमोबाट साथी बनी युवतीलाई भेट्न बोलाई दुर्व्यवहार गर्ने पक्राउ

 

साउन २, धरान । सामाजिक संजाल इमोमार्फत् साथी बनी भेट्न बोलाएर युवतीलाई  दुर्व्यवहार गरको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हरिनगरा–१ का २५ वर्षीय युवा अनम अन्सारी रहेको इलाका प्रहरी कार्यालय प्रका इटहरीले जानकारी दिएको छ । 

null

सामाजिक संजाल इमो मार्फत विराटनगरकी एक युवतीसँग नजिकिएका अन्सालीले युवतीलाई भेट्न बोलाई  दुर्व्यवहार गरेको उजुरी दर्ता भएपछी उनी पक्राउ परेका हुन् । 

लामो समय देखी इमोमा युवतीसँग कुरा गर्दै आईरहेका अन्सारीले ती युवतीलाई विवाह गर्ने र राम्रो जागिर लगाइदिने प्रलाेभन देखाइ भेट्न बोलाएर  दुर्व्यवहार गरेकाे खुल्न  आएको छ ।   

हाल अन्सारीलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *