दुर्घटनामा माइती भेट्न आएका दुई भारतीय महिलाकाे मृत्यु

 

असार २१, बेलाैरी ।  बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ। 

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताए। 

null

दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कर्ल्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *