इटहरीबाट नगद सहित ६ जुवाडे पक्राउ

 

विराटनगर, साउन ८ । सुनसरीको इटहरीबाट आधा दर्जन जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ हलगढा स्थित सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । 

होटलमा अवैध जुवा तास खेलाइरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका–२ का ४८ वर्षिय डोमी चौधरी, ४५ वर्षिय झलक बहादुर कार्की, ३७ वर्षिय अनिल तामाङलाई पक्राउ गरेका हो । 

null

यसैगरी पक्राउ पर्नेहरुमा ५८ वर्षिय गोपाल निरौला, वडा नं. ४ का ३६ वर्षिय बिदुर मिश्र र सोही उपमहानगरपालिका–५ का २६ वर्षिय मुकुन्द काफ्ले समेत रहेका छन् । प्रहरीले तास खेलीरहेको स्थानबाट नगद ३६ हजार, क्याल्कुलेटर र तास बरामद गरेको छ । 

पक्राउ परेका सवै जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *