एन आई सी बैंककोे थप शाखारहित बैंकिङ्ग सेवा संचालनमा

 

असार १५, काठमाडाैँ । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।  

सोही क्रममा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आफ्नाे ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । 

null

बैंकले संचालनमा ल्याएको सत्रसय शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । 

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *