सिरियामा हवाई आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ५० पुग्याे

 

साउन ७, सिरिया । उत्तर–पूर्वी सिरियामा हवाई आक्रमणमा परी कम्तिमा ५० जना नागरिक मारिएका छन् भने सयौँ घाइते भएका छन् । 

विद्रोहीको पकडमा रहेको इड्लिबमा सिरियाली र रुसी सैनिकले हवाई आक्रमण गरेको स्थानीय तथा उद्धार टोलीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । 

null

इड्लिबमा प्रान्तको मारात अल–नुमानस्थित व्यस्त तरकारी बजारमा आक्रमण हुँदा ३६ जना नागरिकको मृत्यु भएको र अन्य दुई अज्ञात व्यक्ति मारिएका हुन् । एएफपीको फोटोग्राफरलाई उल्लेख गर्दै बजारबाट रगताम्य मानिसलाई उद्धारकर्मीले उद्धार गरिरहेको जनाइएको छ । 

अभियानकर्मीले सहरबाट कालो धुवा निस्किएको र मानिसहरु सहयोग माग्दै बाटोमा दैडिरहेका जनाएका छन् । शवहरु सडकमा लडिरहेका थिए । स्थानीय अस्पतालका प्रमुख रद्वान शर्दुपले जलेका शरीर त्रासपूर्ण अवस्था रहेको बताए । 

उक्त घटनामा परी सेतो हेलिमेट लगाउने उद्धार समूहका स्वयम्सेवक पनि मारिएको जनाइएको छ । 

त्यसैगरी सोमबार नै इड्लिबका अन्य क्षेत्रमा सरकारी सेनाको आक्रमणमा १२ जना नागरिक मारिएको बेलायत आधारित सिरियन अब्जरभेटोरी फर ह्युमन राईट्स(एसओएचआर)ले जनाएको छ । 

उक्त आक्रमणपछि सिरियाली सरकारी सञ्चारमाध्यमले उत्तरी हामा प्रान्तस्थित जोउरिन गाउँ विद्रोहीले बन्द गर्ने क्रममा ७ जना नागरिक मारिएको जनाएको छ । त्यस क्षेत्रमा रुसी सहयोगमा सरकारी सेनाले दैनिक आक्रमण गरी विद्रोहीलाई तुर्किस सीमातर्फ धकेल्दै आएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *