परस्त्रीगमनको आशंकामा श्रीमतीले ढोका थुनेपछी झ्यालबाट भाग्ने क्रममा मृत्यु

 

असार २९, बुटवल । गुल्मीको मुसिकोट नगरपालिकामा एक जना युवक घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर मृत्यु भएको छ । 

गुल्मीको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीले घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर मृत्यु भएको हो । 

null

स्थानियका अनुसार शुक्रबार राती घर्तीको डेरा नजिकैको एक घरमा उनी बस्न गएका थिए । परस्त्रीगमनको आशंकामा उनकी श्रीमतीले उनको श्रीमान बसेको कोठाको बाहिरबाट ढोका दिएपछि घर्ती सोही कोठाको झ्यालबाट हाम्फाल्दा लडेका थिए । 

झ्यालबाट हाम्फाल्दा लडेर गम्भिर घाइते भएको उनको लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसक्दा उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिएका छन् । 

खड्काका अनुसार हाल उनको शवलाई पोष्मार्टम गरि परिवारलाई शव बुझाउने प्रकृया भईरहेको छ । 

  

  

  

  

  

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार गएराती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै ९आज बिहान साढे ६ बजे० मृत्यु भएको हो । 

स्थानीयका अनुसार हिजो राती घर्ती डेरा नजिकै अर्कैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंकामा उनकी श्रीमती खोज्दै आएर बाहिरबाट ढोका लगाई दिएपछि भाग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका थिए । अहिले पोष्मार्टम गरि परिवारलाई शव बुझाउने प्रकृया चलिरहेको प्रहरी निरीक्षक खड्काले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *