चौतर्फी विरोधपछि ‘आइफा अवार्ड’ बाट पछि हट्यो सरकार

 

असार १८, काठमाडौं । इन्टरनेश्नल इन्डियन फिल्म् अवार्ड (आइफा) काठमाडौँमा आयोजना नहुने भएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले संसदीय समितिको निर्देशन अनुसार नै यस वर्षको आईफा अवार्ड काठमाडौंमा आयोजना नगर्ने निर्णय भएको स्पष्ट पारे । 

null

मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड नेपालमा नगर्न निर्देशन दिएको थियो । आइफा अवार्डले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै समितिले नेपाली जनताको पसिनाको पैसा खर्च गरेर उक्त कार्यक्रम गर्नु उचित नभएको ठहर गरेको थियो । 

आइफा अवार्ड काठमाडौंमा आयोजना गर्ने औपचारिक निर्णय सार्वजनिक भएलगतै चौतर्फी विवादमा सरकार तानिएको थियो । कलाकारदेखि सर्वसाधारण जनतासम्म यसको विरोधमा उत्रिएका थिए । 

नेपाल सरकारको पैसामा आयोजना गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै सरकार पछि हटेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *