सर्पले टोकेकाे बालकलाई  झारझुक गराउन लैंजादा  मृत्यु

 

साउन २, इटहरी । इटहरीमा एक १२ वर्षिय बालकलाई सर्पले डस्दा ज्यान गएको छ । 

इटहरी– ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेवलाई बिहान सुति रहेको अवस्थामा ओछ्यानमा नै सर्पले डस्दा उनको ज्यान गएको हो । 

null

सर्पले डसेपछी बालकका अभिभावकले उनलाई अस्पताल नलगि झारफुँक गराउँने ठाउँमा लगेपछी झारफुँक गर्ने व्यक्तिले तुरुन्त अस्पताल लैजान भनेपछी पूर्वी पृतना हेडक्वाटर स्थित सर्पदंश उपचार केन्द्र लगिएको तर ल्याउन ढिलाइ भएका कारण उपचारकै क्रममा बालकको मृत्यु भएको छ । 

आर्थिक अवस्था कमजोरका ती बालकको परिवारसँग दाहसंस्कार गर्न समेत पैंसा नभएपछी इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र त्यही वडाका जनप्रतिनिधिले पैंसाको बन्दोबस्त गरिदिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *