मुक्तिनाथ दर्शन गर्न गएका पर्यटकको फर्कने क्रममा बाटैमा मृत्यु
२०७६ साउन १४ गते

साउन १३, पोखरा । सोमबार पोखरा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्केका एक भारतीय पर्यटकको बाटैमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत हैदराबाद घर भएका ६२ वर्षीय प्रशन्न कुमार रहेको प्रहरीले जनाएको छ ।
null
प्रशन्नलाई आइतबार मुस्ताङ सदरमुकाम जोमसोम आउँदा मुटुसम्बन्धी समस्या देखिएपछी उनलाई उपचारको लागि जोमसोमस्थित जिल्ला अस्पतालमा भर्ना गरिएकाे थियाे ।
प्रहरीका अनुसार उपचारपछि फर्कने क्रममा सोमबार उनी अचानक अस्पतालमै ढलेर बेहोस भएको उनको त्यतीबेलै मृत्यु भएको हो ।
२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








