मेगा बैंकद्धारा सेयरधनीलाई डबल डिजिटको लाभांश वितरण गर्ने घोषणा

साउन ७, काठमाडाैँ ।  मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई डबल डिजिटको लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैंकको मंगलबार नवौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले यस्तो घोषणा गरेकी हुन् । 

गत वर्ष मेगा बैंकले न्यून दरको लाभांश वितरण गरेका कारण सेयर धनी रिसाएपछि बैकले सो निर्णय गरेको हो । बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएकाे बताइन् । मेगा बैंक अधिकांश वित्तीय सूचकमा समकालीन बैंकहरु भन्दा अगाडी बढेको सीआईओ खुञ्जेलीले दाबी गरिन् । 

null

मेगा बैंकले आफ्नो अस्तित्व र पहिचान नमेटिने गरी बिग मर्जरमा जान तयार रहेको सिइओ खुञ्जेलीको भनाई छ । मर्जरका लागि कमिटी गठन भईसकेको बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । बैंकको ९ वर्षसम्म शाखाको सञ्जाल विस्तारमा ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सिर्जनाको दृष्टिकोणमा ११ गुणा र राज्यलाई बुझाएको करमा ७८ गुणाले फड्को मारेको अध्यक्ष शाहले बताए । 

गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन १९ अर्बबाट बढेर ८२ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाहमा १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको र ग्राहक संख्या १ लाख ४६ हजारबाट ६ लाख ४३ हजार, र कर्जाको औसत आकार ३३ लाख र निक्षेपको अहिले बढेर १ लाख २७ हजार पुगेको छ । 

देशभर मेगा बैंकको १०२ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्टहरूको सञ्जाल रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *