लोकसेवा आयोगको विज्ञापन विरुद्ध धरानमा मसाल जुलुस

सुनसरी, २९ असार । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै नेपाल बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको आरक्षण बचाऔ आन्दोलनले पुर्व घोषीत कार्यक्रम अनुसार सुनसरीको धरानमा मसाल जुलुस निकालेको छ । 

 

आज आइतबार साँझ साढे ६ बजे काठमाडौं उपत्यका लगायतका देशभरीका विभिन्न सहरहरु लगायतका १७ ठाउँभन्दा बढी स्थानहरुबाट एकसाथ मसाल जुलुस निकालिएको हो । 

null

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपाङ्गता भएका नागरिकहरुले संयुक्त आन्दोलन अनुरुप मसाल जुलुस निकालिएको आदिवासी जनजाती महासंघ सुनसरीले जनाएको छ । 

 

महासंघका अनुसार यही असार ३१ गते देशका विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र साउन २ र १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् । 

धरान २ छाताचौकबाट मसाल जुलुस निकालिएको थियो भने जुलुस रोक्न प्रहरीले हस्तक्षेप समेत गरेको भएपनि कुनै अप्रिय घटना भने नभएको जनाईएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *