अप्रेशनको क्रममा सुत्केरी र बच्चाको मृत्यु भएपछी अस्पताल तनावग्रस्त

  

 

साउन २, काठमाडौं । मंगलबार सुत्केरी गराउन भर्ना भएकी सुत्केरी महिला र उनको बच्चाको अप्रेशनको क्रममा मृत्यु भएपछी काठमाडौँको थापाथलीस्थित प्रसूति गृह तनाव ग्रस्त भएको छ । 

null

सुत्करी गराउन भर्ना भएकी नुवाकोट दुप्चेकी कल्पना तामाङ र उनको बच्चाको अप्रेशनको क्रममा बुधबार मृत्यु भएपछी अस्पताल तनावग्रस्त भएको हो । 

मृतक तामाङको आफ्न्तले अस्पतालको लापरवाहीको कारण तामाङको मृत्यु भएको भनी आक्रोशित बनेता पनी चिकित्सककोले कुनै लापरवाही नगरेको र अस्पताललाई दोष लगाउनु गलत भएको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले भने, ‘जटिल किसिमको शल्यक्रियमा कहिलेकाहीँ यस्तो हुन्छ। हाम्रो यस्तो लापरवाही भएको छैन्। आफन्तको मृत्यु भएपछि आक्रोशित हुनु स्वाभाविक हो। तर, लापरवाही भन्दै गर्दा के लापरवाही भयो ‘प्रुफ’ त देखाउनु पर्‍यो नि।” 

अहिले मृतक तामाङ पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *