प्रभु बैंकको नयाँ एप्लीकेसन Prabhu Easy Forex सञ्चालन

 

साउन ६, काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नयाँ एप्लीकेसन “Prabhu Easy Forex” सञ्चालनमा ल्याएको छ । 

यस बैंकले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाइ मोवाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन “Prabhu Easy Forex” सञ्चालनमा ल्याएको हाे । 

null

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंक सम्म पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाइ प्रविधि मैत्री तथा सरलीकृत गर्नको लागि “Prabhu Easy Forex” एप्लीकेसन अति नै उपयोगी हुने विश्वास लिइएको छ । 

“Prabhu Easy Forex” मोवाइल एप हाल AppStore बाट सजिलै डाउनलोड गर्न सकिनेछ भने AppStore मा समेत चाडै उपलब्ध हुनेछ । उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइनआवेदन गर्न सकिनेछ। आवेदकलाइ बैंकवाट केही समय भित्रमै  SMS मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत् पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन् । 

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ । प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एपबाट ग्राहक महानुभावहरुको समय बचत हुने तथा विना झण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिन सकिने भन्ने बैंकले विश्वास लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *