मोटरसाईकल आगजानी गर्ने दुई भारतीय नागरिक पक्राउ

 

साउन ८, बारा । बारामा घरको कम्पाण्डमा रोकीराखेको भारतीय नम्बर प्लेट भएकाे २ वटा मोटरसाईकल आगजानी गरेको आरोप भारतीय दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ११ का २३ वर्षीय शम्भु पटेल र सोही ठाउँका २० वर्षीय चोकट भन्ने धर्मेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । 

null

पक्राउ परेका पटेल र साहले कलैया उपमहानगरपालिकास्थित राजीव पाण्डेको घरको कम्पाण्डमा रोकीराखेको भारतीय नागरिक विनोद यादवको नाममा दर्ता रहेको BR 06 AQ 9011  र सन्दीप कुमार कौशलको नाममा दर्ता रहेको BR 05 Q 3249  मोटरसाइकल आगजानी गरेको प्रहरीले जनाएको छ । 

मोटससाईकल आगजानी गरी फरार रहेका उनीहरूलाइ  लुकीछिपी बस्दै आईरहेकाे अवस्थामा  जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले साउन ६ गते कलैया उपमहानगरपालिका ११ बाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुले साउन ३ गते बिहान ३ बजेको समयमा मोटरसाइकलमा आगजनी गरेको बयान दिएका छन् ।  हाल पक्राउ परेका दुवैलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्यद थप गरी अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएकाे छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *