प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

२०७६ साउन १० गते

साउन १०, हेटौंडा । ओमप्रसाद थपलिया प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा सिफारिस भएका छन् ।
यसअघि मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि रिक्त भएको सो पदमा काठमाडौँ महानगरपालिका–१४ कलंकीका थपलिया सिफारिस भएका हुन् ।
null
२०४८ देखि ०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील भइ दुई वर्षअघि वरिष्ठ अधिवक्ता बनेका उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ ।
तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका थपलिया राजनीति शास्त्रमा एमए र कानूनमा एलएलएम हुन् ।

२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित