काठमाडौँ महानगरपालिकाले दियो सम्पत्ति करमा छुट

२०७६ साउन ११ गते

काठमाडौं, ११ साउन । काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।
सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

२०७६ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित