गस्तीमा गएको प्रहरीले भेट्यो ठूलो परिणाममा विष्फाटक पदार्थ

२०७६ असार २३ गते

सुर्खेत, २३ असार । विप्लव समूहको गतिविधि निगरानीका लागि गस्तीमा गएको प्रहरीले सुर्खेतमा ठूलो परिणाममा विष्फाटक पदार्थ फेला पारेको छ । आइतबार चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा विष्फोटक पदार्थ फेला पारेको हो ।
बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जनयुद्दका क्रममा तत्कालिन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीले बताएको छ ।
null

२०७६ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित