एनआईसी एशिया बैंक र ग्राण्डी अस्पतालबीच छुट सम्झौता


असार ३१, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रालि धापासी, काठमाडौंबीच विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
null
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे ।
बैंकले मुलुकभर २९१ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
