प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच सहमतिपत्रमा हस्ताक्षर

 

असार २०, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । 

कमलपोखरी काठमाडौं स्थित केन्द्रीय कार्यालय रहेको  प्राइम कमर्सियल बैंकले काठमाण्डौ महानगरपालिका वडा नं.३२, न्यूप्लाजा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंकलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो । 

null

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष  नारायण प्रसाद पौडेलले  हस्ताक्षर गरेका हुन् ।  

बैंकले यस अधि श्री कन्काई विकास बैंक र श्री ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भई सकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *