कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७६ साउन १० गते

साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न १४ वटा एजेण्डामा छलफल हुने कांग्रेसले जनाएको छ ।
null
पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका, पार्टीको नियमावली, भातृ संगठनहरुमा नियुक्ती, जागरण अभियानको समिक्षा लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित