अनुसन्धान प्रभावकारी बनाउन सुचना संकलन तथा विश्लेषण शाखा

 

असार १७, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले घुमुवा प्रहरी हटाएको छ । 

करिब एक महिनाअघि चितवन प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले घुमुवा प्रहरीका बारे व्यापक रुपमा जनगुनासाहरु आएकाले त्यस्ता प्रहरी हटाईएको बताए । 

null

मंगलबार प्रहरी र पत्रकारहरुबीचको अन्तर्क्रिया कार्यक्रममा एसपी मल्लले अवका दिनमा घुमुवा प्रहरीको नाममा धम्काउने, दबाब दिने गरेको पाइए कारवाही गर्ने बताए । 

‘घुमुवा प्रहरीबाट अवाच्छित काम गरेको जनगुनासाहरु आउने क्रम बढ्यो । प्रहरी संगठनलाई अझ विश्वासिलो वनाउन त्यस्ता प्रहरीलाई हटाएका छौँ’, एसपी मल्लले भने । 

अपराध नियन्त्रण तथा अनुसन्धानलाई सघाउ पुर्याउन घुमुवा प्रहरी परिचालन गर्ने गरिन्थ्यो । तर त्यस अनुसार काम नभएको एसपी मल्लको भनाइ छ । सिभिल प्रहरी भनेर धम्काउनेलाई कारवाही गर्ने उनले चेतावनी दिए । 

घुमुवा प्रहरी हटाएर अहिले जिल्ला प्रहरी कार्यालयले सुचना संकलन तथा विश्लेषण शाखा स्थापना गरेको छ । एसपी मल्ल चितवन आएपछि सो शाखा स्थापना गरिएको हो । 

कुनै पनि आपराधिक क्रियाकलापको ठोस परिणाम आउने गरी शाखा स्थापना गरिएको एसपी मल्लले बताए । अब शंकास्पद घटना भए सोही शाखाले काम गर्नेछ । सुचना संकलन तथा विश्लेषण शाखामा प्रहरी नायव निरीक्षकको कमाण्डमा १२ जना प्रहरी खटिनेछन् । 

सो शाखालाई भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता एकनारायण कोईरालाले निगरानी गर्नेछन् । 

अन्तर्क्रियाकै अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले आगामी वर्षका लागि कार्ययोजना समेत सार्वजनिक गरेको छ । कार्ययोजनामा प्रहरीको आन्तरिक शुद्धिकरणदेखि जिल्लामा बढ्दो रुपमा रहेको वेश्यावृत्ती नियन्त्रण लगायतका २८ वटा बुँदाहरु समावेश गरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =