लागूऔषध सहित ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

 

असार २६ धादिङ । धादिङमा लागूऔषध सहित लागुऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार लागुऔषध अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा सहित ओसारपसारमा संलग्न एक व्यक्तिलाई धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीबाट प्रहरी टोलीले पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का ४१ वर्षीय वीरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । 

लामामाथी लागुपदार्थ ओसारपसार अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *