बाजुरामा जिप दुर्घटनाः दुईको मृत्यु ११ घाईते

 

फाइलफाेटाे 

साउन ३, बाजुरा । शुक्रबार बिहान करिब ९ बजेको समयमा बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गरेको बस दुर्घटना भएको छ । 

null

यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 

प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाहीको यस दुर्घटनामा परी मृत्यु भएको हो । 

घाईतेहरुको घटनास्थलमै प्राथमिक उपचार भएता पनी ४ जनाको अवस्था भने चिन्ताजनक रहेको छ । हाल घाइतेहरुको उद्धारकार्य भईरहेको र उनीहरुको उद्धारको लागि गृहमन्त्रालयबाट हेलिकप्टर मगाइएको प्रहरीले जानकारी दिएको छ ।  

बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गर्दा भुवाखोलाको उकालो चढ्ने क्रममा जिप सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *