रियल म्याड्रिडका मिडफिल्डर डानी सेबायोसलाई क्लबमा अनुबन्ध

 

साउन १० ।  इङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर डानी सेबायोसलाई क्लबमा अनुबन्ध गरेको छ । 

मिडफिल्डर आरोन राम्से इटालियन क्लब युभेन्ट्स गएपछि मिडफिल्डरको अभावमा रहेको आर्सनलले सेबायोसलाई अनुबन्ध गरेको हो । 

null

२२ बर्षीय सेबायोसले गत सिजन रियलका लागि २३ खेल खेल्दै तीन गोल गरेका थिए । उनले रियलबाट कूल ३५ खेल खेल्दै पाँच गोल गरेका छन् । 

आर्सनलले सेबायोसलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । 

सेबायोसलाई सन् २०१७ मा रियलले ६ वर्षका लागि अनुबन्धन गरेको थियो । सेबायोस प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा त्यति नपरेका कारण रियलले उनलाई तत्काल नबेचेर लोनमा आर्सनल पठाएको हो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *