एसईईमा ‘ए प्लस’ नआएको भन्दै एक किशोरीले गरिन् आत्महत्या
२०७६ असार १५ गते

असार १४, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक किशोरीले एसईईको नतिजाका कारण शनिबार झुण्डिएर आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भएकी सदिक्षा पौडेलले चन्द्रागिरी १२ स्थित बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी थिइन् । उनले एसईईमा ३.६ जिपीए ल्याएकी थिइन् ।
null
‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
पौडेलको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








