सिद्धीमा मौरीपालनलाई विस्तार गरिदैँ, थप १०० घार वितरण

 

जेठ १७, चितवन । कालिका नगरपालिकाको सिद्धिका थप ५ जना युवाहरुलाई मौरीसहितको घार वितरण गरिएको छ । 

यहाँका चेपाङ समुदायको आयआर्जन वृद्धीका लागि कालिका नगरपालिका र सपना भिलेज सोसल इम्प्याक्टले सम्झौता गरेर मौरीको घार वितरण गरिरहेको छ । सोही सम्झौता अनुसार विहीवार सिद्धीका ५ जनालाई मौरीसहितको घार वितरण गरिएको हो । 

null

यसअघि जेष्ठ ७ गते ५ जना चेपाङहरुलाई मौरीसहितको घार वितरण गरिएको थियो । विहीवार कालिका ११ मा आयोजित एक कार्यक्रमका बीच सपना भिलेज सोसल इम्प्याक्टका निर्देशक सुजन वस्नेत ,कालिका नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले उनीहरुलाई मौरीको घार वितरण गरे । 

सपना भिलेज सोसल इम्प्याक्टले तीन वर्ष अघि देखि प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजना संचालन गरिरहेको छ । परियोजनाको ९ लाख र कालिका नगरपालिकाको ७ लाख रुपैया वजेटले पहिलो चरणमा १० जना चेपाङहरुलाई मौरीको घार वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका निर्देशक सुजन वस्नेतले जानकारी दिए । 

२० वटा मौरीको घार अनुदानमा प्राप्त गरेपनि किसानहरुले भने आफैले १० वटा घार किन्नु पर्ने सपना भिलेज र कालिका नगरपालिकाबीच भएको सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार सिद्धीमा ६ सय वटा मौरीको घार वितरण गरिने छ । 

अनुदान पाएको २० घार कृषकले पुन फिर्ता गर्नु पर्ने सपना भिलेज सोसल इम्प्याक्टका अनिल अर्यालले वताए । सिद्धिमा व्यवासयिक रुपमा मौरीपालन नभएपनि अन्यत्र जिल्लाबाट मौरी चरनका लागि ल्याउने गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *