युवा किसानलाई मौरिपालन तालिम
२०७६ असार ८ गते

असार ७, चितवन । कालिका नगरपालिकाको सिद्धिका मौरिपालक किसानलाई मौरिपालन सम्बन्धि तालिम दिइएको छ ।
सपना भिलेज सोसियल इम्प्याक्ट र कालिका नगरपालिकाको सयुक्त आयोजनामा पाँच दिने तालिम दिइएको हो ।
null
यी दुई सस्थाले सिद्धिको बिकासका लागी दुई चरणमा २०र२० घार मौरी प्रदान गरेको थियो । दुई संस्थाबिच भएको सहमती अनुसार ती किसानहरुले थप १० घार स्वयम् आफैँले खरिद गर्नुपर्ने छ ।
मौरी प्रदान गरेका किसानहरुलाई व्यावसायिक बनाउन आधुनिक मौरिपालन तालिम दिइएको सपना भिलेज सोसियल इम्पाक्टका कर्मचारी अनिल अर्यालले जानकारी दिए ।
भरतपुरको रामनगरमा आयोजित तालिममा डाक्टर खेमराज न्यौपानेले प्रशिक्षण दिएका थिए भने प्रशिक्षक न्यौपाने र इम्प्याक्टका कर्मचारी अर्यालले प्रमाणपत्र वितरण गरेका थिए ।
२०७६ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








