पाटन अस्पतालमा गैरविशेषज्ञबाट उपचार भईरहेको आरोप

सरकारी पाटन अस्पतालमा अनुमति प्राप्त विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको तथ्य सार्वजनिक भएको छ । बिरामीको उपचारमा लापरवाही भएको, सामान्य विरामी पनि उपचारको क्रममा अंगभंग भएका गुनासो आईरहदा सो अस्पतालमा सेवा प्रदान गर्ने विशेषज्ञ गैरविशेषज्ञ रहेको खुलेको हो । 

पटक–पटक त्रुटिलाई सुधार्न आग्रह गर्दा पनि अस्पतालको ध्यान नदिएको भन्दै बेवास्ता गरेको भन्दै नेपाल डेन्टल एशोसियसनले विभिन्न निकायमा उजुरी गरेको छ । एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदान लगायतका निकायमा उजुरी दिएको हो । 

एशोसियसनले जेठ ३० गते दर्ता गरेको उजुरीमा भनिएको छ ‘देशको प्रतिष्ठिन स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैर–चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुनेगरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ । 

null

देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा रहेको समेत एशोसियसनको आरोप छ । ‘यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमान्दार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ,’ उजुरीमा भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *