सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले गरे आत्महत्या

काठमाडौं, १५ असार । एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् । सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले विष सेवन गरी आत्महत्या गरेकी हुन् । 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन । एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् । 

 

null

त्यस्तै, झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आत्महत्या गरेकी परिवारले जनाएको छ । 

परिवारका अनुसार सलिना कक्षामा राम्रो विद्यार्थी थिइन् । कक्षामा कडा परिश्रम अनि राम्रो तयारीका साथ परीक्षा दिएकी सलिना ‘ए प्लस’का लागि ढुक्क थिइन् । परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको रिजल्टमा सलिनाले २.८१ जिपिए अर्थात् बि ग्रेड पाएकी थिइन । 

त्यसको भोलि पल्ट बोर्डले प्राविधिक कमजोरीले पुरै रिजल्टमा त्रुटि भएको सूचना प्रकाशित गरी रिजल्ट सच्याएका थिए । सच्याइएको सो रिजल्टमा मृतक ढकालले ३।७५ जीपिए अर्थात् उनले सोचे अनुरूप ए प्लस ग्रेड पाएको उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =