नदीमा डुबेर किशोरीको मृत्यु, दुई जना बेपत्ता

२०७६ असार ७ गते

गोरखा, ७ असार । गोरखाको पालुङटारस्थित दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु भएको छ । खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गएकी १४ वर्षीया सरिता गुरुङको डुबेर मृत्यु भएको हो ।
उनको शव हिजो साँझ भेटिएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका ११ वर्षीय अस्विन विक र ११ वर्षीय राजन श्रेष्ठ भने बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
null

२०७६ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित