डेंगु नियन्त्रणका लागि तरुण दल सुनसरी सडकमा

 

जेठ ३०, इटहरी । प्रदेश नं १ मा डेंगु रोग प्रकोपकै रुपमा फैलिएपछि नियन्त्रण गर्ने अभियानमा नेपाल तरूण दल सुनसरी जुटेको छ । विभिन्न राजनीतिक दलहरुले डेंगु रोग नियन्त्रणमा सकृयता नदेखाइरहँदा नेपाल तरुण दल सुनसरीले लामखुट्टे मार्ने र लार्भा नष्ट गर्नका लागि दबाइ छिट्ने अभियान सुरु गरेको हाे । 

धरान, इटहरी, रामधुनी, दुहबी लगायत सुनसरीका विभिन्न भुभागमा महामारीको रूपमा फैलिइरहेको डेंगुविरुद्ध तरुण दलले साँझ ५ बजेदेखि औषधी छर्किने अभियान थालेको तरूण दल सुनसरी सभापति सिजन गुरूङले बताए । 

null

उनका अनुसार केही दिन यता ईटहरीमा समेत केही व्यक्तिहरुमा डेंगुको संक्रमण देखा परेको अवस्थामा बुधवार बाट ईटहरी उपमहानगरपालिकाको वडा नं १९ र २० बाट डेंगु नियन्त्रण गर्ने बिषादी छर्कन शुरु गरिएकाे हाे । उनले यो अभियान निरन्तर जारी रहने बताएका छन् । 

 

इटहरी २० बाट यो अभियान शुरु भएको नेपाल तरुण दलले जानकारी दिएको छ । प्रदेश १ को उपमहानगरपालिकाले पनि नगरक्षेत्रमा औषधि छर्नेदेखि लार्भा नष्ट गर्ने अभियान सुरु गरिसकेको छ । 

डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बिहान सात बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि उपमहानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *