कार्यकक्षमै अधिकुटपिट गर्ने २ महिला पक्राउ

 

जेठ २७, रौटहट । रौटहटमा कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देललाई कुट्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय, रौतहटले पक्राउ गरेका छन् । 

रौटहटकाे राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देले प्रहरी समक्ष आफूलाई दुई महिलाले कुटपिट गरेको उजुरी दिएपछी ती महिलाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

null

पक्राउ पर्नेमा गौर नगरपालिका–४, पुरेनवाकी अम्बिया खातुन र सोनापति साहरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताएका छन् । 

अधिकृत सिग्देलले आफूलाई त्यस पदबाट हटाउन योजना बनाई उनीमाथी हमला गरेको दावी गरेका छन् ।  पक्राउ परेका ति महिलाहरुले महिलाहरुकका लागि छुट्याइएको रकमबारे सोधपुछ गर्न भन्दै उनीमाथी कुटपिट गरेको उनले आरोप लगाएका छन् । 

यस घटनामा अन्य व्यक्तिको पनी संलग्नता देखिएको र ती व्यक्तीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति महिलामाथी अनुसन्धान भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *