एन आई सी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ संचालन

काठमाडौं, ५ असार । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ सेवा असार ४ गतेबाट संचालनमा ल्याएको हो । 

 

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साह र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत र वडा नं ६ का वडा अध्यक्ष सुरेश कुमार साहको उपस्थितीमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ । 

null

यसै गरीे गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ सेवाको समुद्घाटन मेचीनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष पासाङ तामाङले गरे । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ सेवा संचालन गर्ने योजना अगाडि सारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *