समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल प्रहरी नियन्त्रणमा

 

असार ३, काठमाडौं । कर्मचारीले आत्महत्या गरेको विषयमा समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सुरक्षाका लागि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन् । क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

null

सञ्जेललाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझ्ने भएका छन् । यस अघि दिनभर अस्पताल परिसर तनाबग्रस्त थियो । सञ्जेललाई समातेपछि प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ । 

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले सञ्जेललाई हाल महानगरीय प्रहरी बृत्त गौशालामा बताउँदै उनलाई पक्राउ गरिएको नभएर शान्ति सुरक्षाका लागि राखिएको बताए । अस्पतालमा आक्रोशित भीडबाट सुरक्षा दिन सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *