विमलाको मृत्युले लियो उग्ररुपः आफन्त र स्थानिवासीद्वारा प्रदर्शन

 

असार २२, काठमाडौँ । रामेछाप दोरम्बाकी २७ वर्षीय बिमला तामाङको शव बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएपछी यस घटनाले उग्ररुप लिएको छ । 

यस अस्पतालमामा सरसफाईमा कार्यरत तामाङकाे शव असार २ गते राति अस्पतालमै ताला लगाइएकाे काेठामा झुण्डिएको अवस्थामा फेला परेपछी उनले आत्महत्या नगरी उनकाे नियोजित तरिकाले हत्या गरिएको भन्दै उनको आफन्तहरु र स्थानियबासीहरुले बिभिन्न प्ले कार्ड सहितकाे नारा लगाइ महानगरीय प्रहरी बृत्त गौशाला अगाडी प्रदर्शन गरेका छन् । 

null

 

झुण्डिएको अवस्थामा भेटिएकी तामाङको खल्तीबाट अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी सहितको तिन जनाको नाम कागजमा भेटिएपछी उनीहरुलाई पक्राउ गरिएको छ । 

पक्राउ परेका उनीहरुमाथी निस्पक्षरुपमा छानविन गरी दोषीलाई तुरून्त कडा भन्दा कडा कारबाहीको माग गर्दै आफन्तहरु र स्थानियबासीहरु आन्दोलनमा उत्रेका हुन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *