आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, २१ जेठ । आज मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ ७९ पैसा थियो । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको थियो । मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४३ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा थियो । 

null

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५२ पैसा थियो । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३३ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९१ पैसा थियो । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *