सिद्धी छात्रावासलाई गजुरेलले सहयोग जुटाए

 

जेठ १७, चितवन । कालिका नगरपालिका स्थित सिद्धी छात्रावासको छानो चुहिएपछि समाजसेवी मुरली प्रसाद गजुरेलले रकम संकलन गरेर सहयोग गरेका छन् । 

जस्ता खरिदका लागि गजुरेलले अष्ट्रेलियाबाट रकम संकलन गरेर पठाएका थिए । छात्रावासका लागि आवश्यक १३ पिस जस्ता आवश्यक रहेको जानकारी पाएपछि गजुरेलले सहयोग पठाएका हुन् । 

null

उनले १३ हजार रुपैया जस्ता खरिदका लागि पठाएका थिए । सहयोग जुटाएर गजुरेलले पठाएको रकमले जस्ता खरिद गरि पत्रकार ध्रुवराज खनालले छात्रावास संचालन गर्दै आएको सुनौलो किरण संस्थाका अध्यक्ष भरत चेपाङलाई हस्तान्तरण गरेका छन् । 

सो छात्रावासमा अहिले ३६ जना बस्दै आएका छन् । उनीहरु नजिककै मझवाङ माध्यमिक विद्यालयमा अध्ययनरत छन् । खाना,लत्ताकपडाको अभावमा छात्रावास संचालनमा समस्या पर्दै आएको अध्यक्ष चेपाङले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *