बलिउडकी यी सुन्दरीले लन्च गरिन याेगा एप्स

 

असार ८, भारत । २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । बलिउडका धेरै कलाकारहरु योगासँग जोडिन् र योगा गर्न आग्रह गर्छन् । बलिउडमा योगाको कुरा गर्ने बित्तिकै शिल्पा शेट्टीको नाम अगाडि आउँछ । 

बलिउडकी यी सुन्दरी शिल्पाले हालसालै ‘शिल्पा शेट्टी योगा’ नामक एप्स लन्च गरेकी छिन् । यस एप्सले योगा गर्न इच्छुकलाई सहयोग गर्नेछ । शिल्पाले एप्स लन्च गर्दै भनिन, ‘योगा र मेडिटेशन मान्छेको दिनचर्या बनाउनु पर्छ । योग दिवसमा मात्र योगा गर्ने होइन । हरेक दिन १० मिनेट समय निकालेर योगा गर्ने बानी बसाल्नुस् ।’ 

null

उनले थप्दै भनिन, ‘हामी बिरामी भयौ भने औषधी त लिन्छौ, तर फ्रीमा योगा सिक्दैनौं । आजै देखि अहिले देखि योगा गर्नुस् स्वस्थ रहनुस् ।’ उनले यो एप्स भन्दा पहिला फिटनेस सिडि लन्च गरेकी थिइन् । 

सामाजिक सञ्जालमा उनको योगा र एक्सरसाइजको भिडियो निकै रुचाइन्छ । यो एप्स लन्च गर्ने बित्तिकै ‘एप्स अफ दि डे’ को पहिलो नम्बर समावेश भएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *