जातिय विभेद अन्त्य गर्न आगामी जेठ २१ मा धरानमा विशाल आमसभा

 

जेठ १९, धरान । धरान उपमहानगरपालिका दलित विकास नगर समितिको आयोजनामा जेठ २१ गते धरानको भानुचौकमा विशाल आमसभाको हुने भएको छ । 

नेपालमा भईरहेको छुवाछत तथा बिभिदको अन्तका निम्ती समाजमा जनचेतना फैलाउने उदेश्यले सो आम सभा गर्न लागेको समितिका संयोजक तथा कार्यापालिका सदस्य किशोर परियारले जानकारी दिए । 

null

परियारका अनुसार धरानका आम जनसमूदायको उपस्थितिमा आमसभा गर्न लागिएको र समस्त धरानवासीलाई उक्त दिन धरानको भानुचौकमा दिउँसो ११ बजेदेखि उपस्थित भई जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अभियानमा सहभागी भईदिन अपिल समेत गरिएको आईतबार धरान ७ स्थित होटल सन्ध्या ईनमा गरिएको पत्रकार सम्मेलनमा समितीका सचिव तारा लामगादेले जानकरी दिए । 

लामो समयदेखि जातीय विभेद हुँदै आएको नेपालमा अहिले पनि गाउँ तथा शहरमा जातका आधारमा मानिसले मानिसलाई भेदभाव गर्ने प्रथा कायम रहेकोले यसको अन्त्य गर्न आमसभाको आयोजना गरिएको सचिव लामगादेले बताए । 

२०६३ जेठ २१ गते तत्कालिन अन्तरिम संसदले नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । सोही घोषणालाई सार्थकता दिन सरकारले हरेक वर्षको जेठ २१ गते छूवाछूत मुक्त राष्ट्रिय दिवस मनाउँदै आएको छ । 

धरान उपमहानगरपालिकाका २० वटै वडाहरु, धरान उपमहानगरपालिका, विभिन्न राजनीतिक दल, संघ संस्थाहरुको समेत समन्वय रहेको सो कार्यक्रममा दलित समुदायका प्रखर वक्ताहरु प्रदेश नं १ का सभामुख प्रदिक कुमार भण्डारी, अनिता परियार, डिबि शाह शंकर, बिजय अछामी, रमेश गजमेर, दलमर्दन कामी, सरु सुनार लागयतका वक्ताहरुले आफना धारणा राख्ने कार्यक्रम रहेको छ । 

त्यस्तै सोही कार्यक्रममा सडक नाटक, नृत्य लगायतका कार्यक्रम समेत रहने सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् । कार्यक्रम भव्यताका साथ सफल बनाउन २३ सदस्यीय मूल समिति र विभिन्न ९ वटा उपसमिति गरी कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । 

आमसभामा जातिय भेदभाव तथा छुवाछूत अन्त्य गर्न सन्देश प्रवाह गर्नुका साथै भेदभाव भएमा कडा कानूनी कार्वाही हुने जानकारी समेत गराइन्छ । उक्त सभामा सहभागी गराउन दलित विकास समितिले सरोकारवाला सबैसँग छलफल गर्दै अघि बढेको सदस्य रामकुमार दासले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *