प्रतिबन्धित लागूऔषध सहित दुई पक्राउ

 

असार २, पर्सा । प्रहरीले प्रतिबन्धित लागूऔषध सहित बीरगञ्जमा २ व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वा र लागुऔषध ब्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ती दुई व्यक्तिलाई लागूऔषध सहित पक्रन सफल भएको हो । 

null

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वा बस्ने ३२ वर्षका ईम्तियाज आलम र बारा शीतलपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयामा डेरा गरी बस्ने ३० वर्षका मना खातुन रहेका छन् । 

भारतीय बि आर २२ एल ८२५५ नम्बर प्लेट भएको मोटरसाइकलमा लुकाईछिपाई लागूऔषध पर्साको घण्टाघरबाट भारतको रक्सौलतर्फ लैजादैं गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध पाँच किलो चरेश फेला पारेका छन् भने भारतीय मोटरसाकल सहित उनीलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *