मिस नेवाः कोशीको ग्राण्ड फिनाले आज

असार ७, विराटनगर । नोवेल मिस नेवाः को फाइनल आज साँझ ४ बजेदेखि विराटनगर स्थित वीरेन्द्र सभागृह हलमा हुँदैछ ।
मिस नेवाको ताज आफ्नो शिरमा पहिरन १२ जना प्रतियोगीहरु प्रतिस्पर्धामा उत्रिँदै छन् ।
null
मञ्जिना मुभिज प्रालिको आयोजनामा हुने उक्त प्रतियोगितामा यसअघि ट्यालेन्ट शो देखाइसकिएको छ ।
विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ जना युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .
नेवारी समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
१६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुई वटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए ।
यसपटकको मिस नेवा विजेतालाई टिभिएस कम्पनीको जुपिटर स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमा सहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गर्नेछन् ।
प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।
यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ भने मुख्य प्रायोजक रमपम र गुडलाइफ रहेको छ ।








