सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रा.लि. ‘खल्ती’ बीच सम्झौता

काठमाडौं, ५ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रा लि बिच खल्ती डिजीटल वालेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका हुन् । 

 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु जस्तै मोबाईल बैंकिङ, लकर, एटिम, इन्टरनेट बैंकिङ, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको हो । 

null

यस सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ तथा मोबाईल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने छन् । 

यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई सेवा सुविधा दिदै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *