प्रधानमन्त्री ओलीलाई बेलायतमा गोरखा सैनिकको सलामी

 

जेठ २९, काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा सैनिकले सलामी अर्पण गरेका छ्न । 

मंगलबार संयुक्त राज्य बेलायतको काम्बली रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालय पुगेका प्रधानमन्त्री ओलीलाई भ्रमणका क्रममा त्यहाँ रहेका गोरखा सैनिकले सलामी अर्पण गरेका हुन् । उनलाई ‘ब्रिगेड’ मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन् । 

null

प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको धुन बजाएर स्वागत गरेका थिए । 

 

प्रधानमन्त्री ओलीले यसअघि नै स्वीट्जरल्याण्डको भ्रमण गरिसकेका छन् । प्रम ओली जेठ २६ र २७ गते स्विट्जरल्यान्डको जेनेभामा अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । 

अहिले उनी बेलायत भ्रमणमा छन् । बेलायतमा प्रम ओलीले त्यहाँकी प्रधानमन्त्री थेरेसा मेसँग मंगलबार भेटवार्ता गरेका थिए । प्रम ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए । बेलायत भ्रमणका क्रममा उनले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन पनि गरेका थिए । 

जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ । त्यस क्रममा उनले पेरिसमा आफ्ना समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन्। 

नौ दिनको भ्रमण गरेर प्रधानमन्त्री ओली आउने असार १ गते स्वदेश फर्किने कार्यक्रम छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =