आगामी असार १ देखी मालवाहक सवारीमा रोक

 

जेठ १९, काठमाडौँ । सरकारले काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज तुल्याउन दिनमा सबै प्रकारका मालबाहक सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा जेठ १६ गते बसेको बैठकले उक्त कुराको निर्णय गरेको हो । 

null

आगामी असार १ गते देखी लागु गर्न लागिएको यस नियममा पानी, दूध, अक्सिजन लगायतका आपतकालीन र अत्यावश्यक सेवामा भने लागु हुने छैन । 

विहान ८ बजेदेखि वेलुकी ७ बजे सम्म रोक लगाईने यस नियममा निर्माण समाग्री, खाद्यान्न,वोक्ने भ्यान लगायतका सबै प्रकारका मालवाहक सवारीसाधनमा  रोक लगाईने छ । 

यदी कसैले यस नियमको उल्लङघन गरे सवारी ऐन अनुसार जरिवानाको भागीदार बन्नु पर्नेछ । यो नियम शनिवार र सरकारी बिदामा भने लागु नहुने बिभागले जनाएको छ । 

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *