कृषि विश्वविद्यालयले रामपुरमा कृषक मेला गर्दै

 

जेष्ठ १९, चितवन । चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक कृषि प्रर्दशनी तथा कृषक मेला आयोजना गर्ने भएको छ । 

विश्वविद्यालयले आईतवार भरतपुरमा पत्रकार सम्मेलन गरि यही जेष्ठ ३२ गतेदेखी असार ३ गते सम्म कृषक मेला आयोजना गर्न लागिएको जानकारी गरायो । मेला आयोजक समिति एवंम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर मनराज कोलाक्षपतिले कृषिको यान्त्रीकरणका लागि प्रोत्साहन गर्ने,सुचना प्रविधिको प्रयोग गर्ने,कृषिको वाली बीमा गराउने उदेश्यले मेला आयोजना गर्न लागिएको वताए । 

null

उनका अनुसार मेलामा किसान र वैज्ञानिकहरुबीच कृषिको विकासका लागि अन्र्तक्रिया समेत हुनेछ । कृषिको उत्पादकत्व वृद्धी गर्न नमुना प्रर्दशन,प्रविधिलाई किसानसँग जोड्ने पनि मेलाको उदेश्य रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरी प्रसाद ढकालले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्राध्यापक डाक्टर नवराज देवकोटाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेको प्रविधिका बारे जानकारी गराएका थिए । निर्देशनालयले माछापालन,पशु आहार व्यवस्थापन, भैसी प्रजनन, धान उत्पादनमा पोषण तत्वहरुको व्यवस्थापन,सुन्तला उत्पादन प्रविधि, गर्मी मौषममा गोलभेडाको खेती,जुनारमा लाग्ने झिंगा नियन्त्रण,वत्तीको पासो,वर्सिम घाँसको बीउ उत्पादन प्रविधि,पछौटे सिजनमा काउलीको खेतीको अनुसन्धान गरि प्रविधिको विकास गरेको छ । 

रामपुर स्थित विश्वविद्यालयको देशका ६ ठाँउमा आंगिक क्याम्पस रहेका छन् । मेला सम्पन्न गर्न करिव ४० लाख रुपैया खर्च लाग्ने अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *