किन एक्लिए प्रधानमन्त्री ?

 

असार ५, काठमाडाैँ । झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । आफ्नो नेतृत्वमा शक्तिशाली सरकार बनेसँगै ओलीले प्रधानमन्त्री कार्यालयलाई अधिकार सम्पन्न बनाउन थालेका थिए । 

२०७४ चैत १ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली पहिलो संशोधन नियमावली २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मातहतमा ४८ कायविभाजन तोकिएको थियो । तर त्यतिले नपुगेको भन्दै ओलीले ठूला आयोजना आफ्नो कार्यालय मातहत राखे । 

null

त्यतिमात्र नभई राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, महान्यायाधिवक्ताको कार्यालयजस्ता ४८ विभाग आफ्नो कार्यालय मातहत ल्याएर तिनको प्रभावकारिता बढाउन चाहेको जस्तो देखिन्छ । तर प्रधानमनत्री ओली आफु शक्तिशाली बन्ने प्रयास जसरी गरिहरेका छन्, उसैगरी उनी एक्लिदै गएका छन् । प्रधानमन्त्रीको एउटा चाहना विकासको हुन सक्छ भन्ने अनुमान त गर्न सकिन्छ । तर उनको सरकारले लिएका विभिन्न निर्णय विवादास्पद हुदै जाँदा अथाएत आफ्नै उनकै कारणले उनी एक्लिन थालेको विश्लेषण हुन थालेको छ । आफ्नै कारणबारेक सडक सदनदेखि सहकर्मीसम्मले उनलाई एक्लाएको बरिष्ठ पत्रकार सुधिर शर्माको विश्लेषण छ । 

शर्मा भन्छन् ‘झट्ट हेर्दा शक्तिको चमक निकै देखिएपनि प्रायः शक्तिशालीले आफू एक्लिसकेको अनुभूति अन्त्यमा मात्र गर्न पाउने आम राजनीतिक नियती नै हो । आफूले पाएको अभूतपूर्व अवसरको सदुपयोग गर्ने कि आफ्नै कारणले त्यसलाई गुमाउने ? निर्णय उनकै हातमा छ ।’ 

हालैका केही दृष्टान्त सडक: असार ४ गतेको मण्डलामा प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु प्रधानमन्त्रीका निम्ति खतराको घण्टी हो । 

सदन: प्रतिपक्षी कांग्रेस कमजोर नेतृत्वका कारण अझै लगभग ‘हराएकै’ अवस्थामा छ । तर संसद रोक्ने हैसियत भने देखाउन थालेको छ । 

सत्ता: गुठी विधेयक प्रकरणले सत्ता पहिलोपटक रक्षात्मक अवस्थामा धकेलिएको छ । त्यसैको उपज हो, यस मामिलामा सुरुमा अनेक अहम् देखाउँदा–देखाउँदै पनि अन्ततः विधेयक फिर्ता लिनुपर्ने अवस्थामा सरकार पुगेको छ । 

सहकर्मी: पार्टीभित्र प्रधानमन्त्रीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल खेमाको असन्तुष्टी भूसको आगोझैं जसरी फैलदैछ । त्रिशंकु समीकरण द्विध्रुवीयमा परिणत हुनासाथ त्यसको राप बाहिरसम्मै महसूस हुनसक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *